नेपाली गजल भाग 1
एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ यात्रा बिचमै अलपत्र नपार्नु है सानु विस्वासको दियो बाली बस्छु तिम्रै नाउँमा मलाई भेट्न आउने भाका नसार्नु है सानु । तिम्रै हुँ म तिमी मेरो मानेकी छु मैले यो मन छोडि अर्कै बाग नचार्नु है सानु 👍 Copy पछाडी पनि आँखा भै दिए पो मान्छे सधैं नै बच्चा भै दिए पो .. खबर पाइँन तिमी त गैसकेछौ मेरै सामुन्ने सदा भै दिए पो ... आकास खसेनन् तारा झरेनन् केही सपना त पूरा भै दिए पो ... यो जीन्दगी कसरी जीन्दगी भनुँ तिमी आधा म आधा भै दिए पो .. छातिमा टेकेरपो हिँड्नु भएछ सधै बाटा सजिला भए दिए पो ... ज्यूदो छु या मरे बुझ्नै सकिन देखिने बरु आत्मा भै दिए पो .. हजारौ भेटिन्छन् यि भिडहरुमा तर कोहि त आफ्ना भै दिए पो राम शरण श्रेष्ठ चिसापानी, रामेछाप । 👍 Copy आजबाट आफ्नै प्रशँसा सुन चाँदी सँग जोख, तर...