नेपाली गजल भाग 3


















बोल्दा हास्दा कसैसित बात लाग्ने हो कि कतै ।


आरोप -प्रत्यारोपका खात लाग्ने हो कि कतै।


मनमा पाप नसोचेरै बोल्ने मेरो बानी हजुर,


अनायासै निकटताको उन्मात लाग्ने हो कि कतै,


उत्साहप्रद शब्दगुच्छा उनिकन पठाउदा ,


चियोचर्चो गर्नेहरुका हात लाग्ने हो कि कतै ।


उकाली र ओरालीमा बामे सर्न खोज्दा हजुर ,


डर लाग्छ स्वार्थी पथमा लात लाग्ने हो कि कतै।


by: बसन्ता गौतम कोइराला




   























समय बदली गए पनि~भाव मेरा अटल छन्,


नाघ्न कहाँ सकिन्छ र सीमा घेरा अटल छन् ,


पानीकाे फाेका सरी जीवन फुटि जाला बरु,


तर तिमीले जमाएका~अाेत डेरा अटल छन् ।


बसन्ता गौतम कोइराला




   





















कुहिराे झै रै'छ जीवन यात्रा गर्दा चाल पाएँ ,


तैरिएर जाऊँ भन्याे किनार लाउने छाल पाएँ ,


नसाेचेरै कार्य सुरु गर्दा ~विफल भैन्छ भन्थे ,


साेची सम्झी गर्दा पनि अल्झाउने जाल पाएँ ।


बसन्ता गौतम कोइराला




   





















रगरगमा घाेलिएकाे प्रेमिल जहर यस्तै छ,


निकास देखिदैन कतै~जिउने रहर यस्तै छ,


बदलावहरु प्रतिदिन ~अग्रगामी भाछन् रे,


तिम्ले लत्याइ छाड्या मेराे ~सहर यस्तै छ,


अचेल मेरा शब्दहरु अर्थहिन लाग्छन् अरे,


के भनूँ छन्द भङ्ग जीवनकाे वहर यस्तै छ ,


शान्त थिएँ सुनामीका छालबनी अाइदियाै ,


बज्रेयाे ढुङ्गा छातीमाथि ~ लहर यस्तै छ ,


जिन्दगीका सबै तिम्रा पानाहरु रङ्गिन हुँदा ,


खाेल् नेत्र भन्छन् कठै ! कालाे पहर यस्तै छ ।


बसन्ता गौतम कोइराला




   





















छुरा जस्तो वचनमा आँचल सम्झिन्छु


रिसाएको बेला मान्छे पागल सम्झिन्छु


कहिलेकाहीँ सम्हाल्न नसकिने मनमा


बेहोस भै ढल्यो भने खाडल सम्झिन्छु


गौतम "सरोवर"




   





















जल्दाबल्दा जो जे छ कामनाको बढोबढ त्यहाँ,


नौनाडी गल्दा जो छ सामनाको चक्कर छ जहाँ,


मानवीय समवेदनाको पनि पक्षपाती रीत बेग्लै,


टन्नै फल फल्दा रुखमा प्रार्थनाको तरखर वहाँ ।


Bal Krishna Shrestha




   





















नजुड़ने नातालाई तोड़ेकै राम्रो ।


गन्तब्यमा नपुराउॅने बाॅटो मोड़ेकै राम्रो।


मन-मनै कसैको चिन्ता लिएॅर बस्नु भन्दा,


आफ्नो भनि नसम्झिनेलाई छोड़ेकै राम्रो।


💐🙏💐
नीता गुरूंग भाटिय़ा।




   





















सामानन्तर रेखाहरु भेटिएको कहाँ छ र


तार बिनाको सारङ्गी रेटिएको कहाँ छ र


दुख नदेउ कसैलाई सक्छौ भने गुणी बन


गुणवानको अस्तित्व मेटिएको कहाँ छ र


उमा निरौला




   





















सम्बन्ध मै पुर्णबिराम लगाउँ कि जस्तो लाग्छ


जति छन् तिम्रा याद आँशु सँगै बगाउँ कि जस्तो लाग्छ


मन दुखाउन मा त तिमी सिपालु निस्कियौ प्यारा


दुखेको मन तिमी बाट टाढा भगाउँ कि जस्तो लाग्छ


Pabita Chaudhary




   





















धेरैको देखे रूने जीवन,


केहीको चन्द्र छुने जीवन,


आशागीत म गाउ कसरी ?,


देख्दैछु बराबर नहुने जीवन,


पसिनाले जिन्दगी फलाउछ आखिर,


केहीले पसिनाकै थुने जीवन,


लाखौ अक्षरले बद्लेन संसार,


अनि पो युद्धको चुने जीवन,


धेरैलेदेखे रुने जिबन, केहिको चन्द्र छुने जिबन!!!




   





















यस्तो किन भयो होला सोध्न मन लाग्यो


कति छन् कारण हरु खोज्न मन लाग्यो


सम्बन्धै रित्तिने गरी मुटु मा गानो भयो रे


बाध्य भइ अर्को बाटो रोज्न मन लाग्यो


Pabita Chaudhary




   





















मेरो धेरै छ धन सम्पत्ति भनी आमा बिर्सिदिन्छ


मैले एक्लैले गरे प्रगति भनी आमा बिर्सिदिन्छ


दिनरात घामपानी नभनी हुर्काएको छोराले नै,


मेरो सबथोक हो श्रीमती भनी आमा बिर्सिदिन्छ।


सुनिलप्रसाद देवकोटा"नानाजी"