नेपाली गजल भाग 4


















मैले सुनोस् भनेर चुरा बजायौ, नारी चलायौ


नखरा देखाउन सप्को खसायौ, सारी चलायौ


मख्ख म प्रेमी प्रेमरस पिउन आँखा चिम्लिएँ


उफ आश्चर्य काखैमा बसाएर, आरी चलायौ ।


– राजन कार्की।




   























भन्ज्याङको चौतारीमा हामीले वर रोपेका थियौँ


प्रेम अमर हुन्छ भनेर आफ्नो नाम खोपेका थियौँ


वर जस्तै अटल रहने मनको अठोट पूरा भएपछि


नजर लगाउलान् भनेर, स्याउलाले छोपेका थियौँ।


✍️प्रमोद 'प्रतीक




   





















धेरै भेटिए हिड्दै गर्दा जिन्दगानीमा


केवल तिमी याद रह्यौ मेरो कहानीमा


चस्माले र ऐनाले उमेर बताइदिए पनि


लाग्छ संसार स्थिर छ उही जवानीमा।।




   





















तिम्ले चाेट दियाै र त अाज अघि बढ्न सकेँ ,
उतार चढाउ जिन्दगीका सबै मैले पढ्न सकेँ,
धन्यवाद छ ! ह्रदयदेखि यस्तै घात गर्नु अझै ,
भाग्य रेखा काेर्न अाज लाक्षागृहमा डढ्न सकेँ ।
बसन्ता गौतम कोइराला





   





















बोल्नै पर्छ एक शब्द अब छोडी जानेले


जोडेको सम्बन्ध छिन भरमै तोडी जानेले


व्यर्थैमा वैगुनिले मायाको नाटक गर्नु किन


हिजो सम्म संगै हिड्ने बाटो मोडी जानेले


✍️Ridam Raj Rokaya




   





















जल्दाबल्दा जो जे छ कामनाको बढोबढ त्यहाँ,


नौनाडी गल्दा जो छ सामनाको चक्कर छ जहाँ,


मानवीय समवेदनाको पनि पक्षपाती रीत बेग्लै,


टन्नै फल फल्दा रुखमा प्रार्थनाको तरखर वहाँ ।


Bal Krishna Shrestha




   





















"राम्री चाहिन्न सफा मन अनि मान्छे अलि सोझी होस्


मेरो माया अटाउने उस्को दिलमा यौटासानो गोजी होस्


मन भुलाउने साथी हजार पाए पनि जीन्दगी कटाउन,


हजारौं काे भीड मा पनि उसकै मात्र खोजी होस् "
Devraj Shresthaा




   





















बुहारी सिक्षित खोज्नेले छोरीलाइ पनि पढाऊ


कुनै भेदभाब नगरीकनै छोरा सरह अघी बढाऊ


दीनु पर्दैन बिहेमा दाइजो बिलासिताका वस्तुहरू


निडर र अात्मनिर्भर भइकन लडन सक्ने बनाऊ


गिता ढुंङ्गाना




   





















कोहि नहुने संग के को पहिचान खोज्छौ


दुखी गरिबलाइ रुवाएर मुस्कान खोज्छौ ।


जब जब मान्छे खान नपाएर मरिसके पछि


बल्ल तिमिहरु देस बचाउ अभियान खोज्छौ ।।


बृन्दा बगाले




   





















धेरैको देखे रूने जीवन,


केहीको चन्द्र छुने जीवन,


आशागीत म गाउ कसरी ?,


देख्दैछु बराबर नहुने जीवन,


पसिनाले जिन्दगी फलाउछ आखिर,


केहीले पसिनाकै थुने जीवन,


लाखौ अक्षरले बद्लेन संसार,


अनि पो युद्धको चुने जीवन,


धेरैलेदेखे रुने जिबन, केहिको चन्द्र छुने जिबन!!!




   





















सागर नै भेटेपनी दुईधाराको प्यास मलाई,

संसार नै जितेपनि त्यै काखको आश मलाई,

आफन्तको चोला भिर्ने धेरै भेटे यो शहरमा,

तिमि यौटा नहुँदा नि लाग्छ वनवास मलाई,

टाढा तिमी बसेपनी हरपल म सँगै छौ,

मनभित्र बसेकी छौ, छुन्छौ आसपास मलाई,

गुण तिम्रो तिर्न भनि के नै गर्न सकेको छु,

भएको छ ऋण सरी फेर्ने हर साँस मलाई,

फेरि पनि एकचोटी प्राण देउ आशिषमा,

बोक्न गाह्रो भइरहेछ जीउँदो यो लाश मलाई,




   





















पर्या छ चोट उसलाई दह्रो पर्या छ ।

उसको आफ्नै खुट्टामा बञ्चरो पर्या छ ।

खस्न लाग्या पहरोको ठिक मुनि छ उ,

उस्को हातमा तान्नै पर्ने लहरो पर्या छ ।

छोप्दैथियो आफ्नो लाज आफ्नै हातले उ,

धन्न उसको शरिरमा धरो पर्या छ ।

विर्षिएछ माथि चढ्दा साथमा पानी लिन,

पुग्नै नपाई शिखरमा उ खरो पर्या छ ।

सार्यो उस्ले बेर्ना तर हुर्काउला कसरी,

ठिक मुसाकै दुलोमाथि जरो पर्या छ ।

छट्पटिंदो छ अझ त्यो मर्यो भन्थे सबै,

किन मर्थ्यो त्यो त खालि अधमरो पर्या छ ।