नेपाली गजल भाग 2
आज भोलि मौनतामा जलेछु म कता कता,
चतुरेको छल परी छ्लेछु म कता कता,
कालरात्री भयंकर अन्धकारमा दीप बनें,
भित्र भित्रै सल्किदिदाँ बलेछु म कता कता,
तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियौ,
भीर-पाखा चट्टानमा फलेछु म कता कता,
साथ दिने हात छुट्दा बिच्मै यात्रा टुङ्गिदियो,
हिंड्दा हिंड्दै खुट्टा कामे गलेछु म कता कता,
वचनबाण हानिदियौ आहा! यो मन चस्स दुख्यो,
किलाकाँटी ठोकिदियौ ढलेछु म कता कता,
लाटो बोली मेरो गाउने गीत तिम्रो ।।
झुपडी यो मन सजाउने प्रीत तिम्रो ।।
भत्किजाने बालुवाको बाँध यो होइन,ठानी,
तनको पुष्प जन चढाउने रीत तिम्रो ।।
कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ,
खुशी भइ सब रमाउने जीत तिम्रो ।।
हाहाकार छ सबैतिर खडेरीले सताएको,
मनका ए रहरहरु ! ननिदाउ म आए,
अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए,
यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति,
पाखुरी हो ! जोशहरु नसिध्याउ म आए,
कालो छाँया मुर्मुरिन्छ बन्द कोठाभित्र,
झुठो डरमा भो ए मुटु ! नचिच्याउ म आए,
चुप्प लाग्छ ढुँगामाटो पहिरो जानुअघि,
पर्ख अझै यति छिट्टै नबताउ म आए,
के हुन्थ्यो सञ्चो रोग झन् लागेको छ ।
यो दिल माथि तिम्रो वचन लागेको छ ।
प्रहार गर्ने जम्मै गलतमात्रै हुन्नन् यहाँ धर्ती शृङ्गार्न घन लागेको छ ।
कसोरी गोड्छौ वाग बस् फूल जोगाई ? अझै झारलाई बाँच्न मन लागेको छ । खियालाग्नु सामान्य सोच्यो संसारले फलामलाई गम्भीर दमन लागेको छ ।
स्वयंलाई मेट्दै विवेक बाँड्यो जहिल्यै खरीको चिन्तन क्या गहन लागेको छ । `राष्ट्रप्रेमी
एउटा गुलाबकाे, सुन्दर बहारकाे याे मन नी रहर गर्छ,
जल्दाबल्दा जो जे छ कामनाको बढोबढ त्यहाँ,
नौनाडी गल्दा जो छ सामनाको चक्कर छ जहाँ,
मानवीय समवेदनाको पनि पक्षपाती रीत बेग्लै,
टन्नै फल फल्दा रुखमा प्रार्थनाको तरखर वहाँ ।
Bal Krishna Shrestha
नजुड़ने नातालाई तोड़ेकै राम्रो ।
गन्तब्यमा नपुराउॅने बाॅटो मोड़ेकै राम्रो।
मन-मनै कसैको चिन्ता लिएॅर बस्नु भन्दा,
आफ्नो भनि नसम्झिनेलाई छोड़ेकै राम्रो।
💐🙏💐
नीता गुरूंग भाटिय़ा।
एकोहोरो मायामा नहोउ तल्लिन घर बिग्रन्छ,
अप्ठ्यारो पर्छ ,आगामी दिन ~घर बिग्रन्छ,
तिमी पो एक्ली छौ अप्ठ्यारो क्यै नहोला,
मेरो श्रीमती छिन् छोरी छिन् घर बिग्रन्छ,
आफ्नै श्रीमती लाई भान्छे र धोबि सम्झेर,
श्रीमान बन्दा ज्यादा सौखिन घर बिग्रन्छ,
छोरो विदेशमा छ बुहारीको निको चाला छैन,
बाबू आइजो बुहारी अन्त जालिन घर बिग्रन्छ,
बा भन्नुहुन्छ छोरा दुख पाउलास् पछुताउलास्,
बुहारीलाई नदेखा "यत्तिका रिन घर बिग्रन्छ,
सौगात रिजाल
अधिक बन्न दानी जरूरी रहेछ ।
धेरैको देखे रूने जीवन,
केहीको चन्द्र छुने जीवन,
आशागीत म गाउ कसरी ?,
देख्दैछु बराबर नहुने जीवन,
पसिनाले जिन्दगी फलाउछ आखिर,
केहीले पसिनाकै थुने जीवन,
लाखौ अक्षरले बद्लेन संसार,
अनि पो युद्धको चुने जीवन,
धेरैलेदेखे रुने जिबन, केहिको चन्द्र छुने जिबन!!!
शान्तिकाे श्वास पखेरामा फेर्न मन लाग्याे!
रारातालमा अाफ्नै छायाँ हेर्न मन लाग्याे!
चाैरी खर्क जाऊँ कि म? बेसीतिर धाऊँ?
तामाङ्सेलाे साेरठीका भाकाहरु गाऊँ!
तिम्रै हातकाे गुन्द्रुक ढिँडो खान मन लाग्यो!
यही धरामा आफ्नै छायाँ हेर्न मन लाग्यो!
अाँत सुक्दा तराईकाे प्यास मेटाउ हिमाल!
पहाडलाई भाेक लाग्दा मधेसको चामल!
स्वर्णिम अक्षर शिलामाथी कोर्न मन लाग्याे!
सुनकोशिमा अाफ्नै छायाँ हेर्न मन लाग्याे!
मेची रुदा माहाकालीले अाँशु पुछ्नुपर्छ!
सबै मिली स्वाभिमानकाे गीत गाउनुपर्छ!
अंगालाेमा अामा तिम्लाई बेर्न मन लाग्याे!
सगरमा अाफ्नै छायाँ हेर्न मन लाग्याे ।।
बसन्ता गौतम कोइराला
म मै हुँ ,मात्र म
मलाई काेही बन्नु छैन
बस् अाफ्नाे खानु छ रमाउनु छ
अरुसँग जे छ त्याे मसँग छैन
अरुसँग जे छैन त्याे सायद मसँग छ
म सकुनी बन्न सकिन
म नारद बन्न सकिन
त्यसैले त म फरक छु
किनकी म अरु हुदै हैन
म मै हुँ , मात्र म
मैले मलाई चिनेकाे छु
बुझेकाे छु मलाई
अाफ्ना क्षमता र
दुर्बलतालाई पनि
म घन्टाै रम्न सक्छु अाफैसँग
सम्झाउन सक्छु,
बुझाउन सक्छु
सधैँ
बाले फलानाे जस्तै बन्नु
अामाले ढिस्कानाे जस्तै बन्नु भन्नुहुन्छ
तर म कसरी अरु बन्न सक्छु र?
मलाई खसाल्न अाउदैन
पछार्न अाउदैन,
अालाेचना गर्न अाउदैन
दाह्रा छिपाइ बाेल्न अाउदैन
त्यसैले म मै हुँ अरु हुनै सक्दिन
मै भुत हुँ,
मै वर्तमान अनि
मेराे भविष्य पनि मै हुँ ,
कैलेकाही म झुक्किन्छु
साेच्छु अरु म जस्तै हाेलान्
सिधासाधा र इमानदार
चाकडी चाप्लुसीबाट पर
इर्ष्या ,डाहा र स्वार्थ रहित
तर,तर
म गलत भैदिन्छु
छाँगोबाट खसे झैँ भैदिन्छु
अनि फेरि साेच्छु
काेही काेही जस्ताे हुनै सक्दैन
न म ,न तिमी , न अरु
किन चिन्तित हुनु ?
किन पीर लिनु ?
किन दुःखी हुनु ?
यदि सबैकाे मन उस्तै हुन्थ्याे भने
एउटाकाे पीडाले अर्काकाे मन छुन्थ्याे भने
किन द्वन्द्व हुन्थ्याे ?
किन मनमुटाव हुन्थ्याे ?
किन अराजकता फैलिन्थ्याे ?
किन तछाडमछाड हुन्थ्याे ?
त्यसैले त म भन्छु
तिमी तिमी नै हाै
ऊ ऊ नै हाे
र
म म नै हुँ मात्र म ।
बसन्ता गौतम कोइराला