आज भोलि मौनतामा जलेछु म कता कता, चतुरेको छल परी छ्लेछु म कता कता, कालरात्री भयंकर अन्धकारमा दीप बनें, भित्र भित्रै सल्किदिदाँ बलेछु म कता कता, तिम्रो मन मझेरीमा फुल्छु भन्दा कुल्चिदियौ, भीर-पाखा चट्टानमा फलेछु म कता कता, साथ दिने हात छुट्दा बिच्मै यात्रा टुङ्गिदियो, हिंड्दा हिंड्दै खुट्टा कामे गलेछु म कता कता, वचनबाण हानिदियौ आहा! यो मन चस्स दुख्यो, किलाकाँटी ठोकिदियौ ढलेछु म कता कता, 👍 Copy लाटो बोली मेरो गाउने गीत तिम्रो ।। झुपडी यो मन सजाउने प्रीत तिम्रो ।। भत्किजाने बालुवाको बाँध यो होइन,ठानी, तनको पुष्प जन चढाउने रीत तिम्रो ।। कुचक्रका साङ्ला तोडी प्वाँख फट्फटाऊ, खुशी भइ सब रमाउने जीत तिम्रो ।। हाहाकार छ सबैतिर खडेरीले सताएको, 👍 Copy मनका ए रहरहरु ! ननिदाउ म आए, अध्यारोलाई ए उज्यालो ! नजिताउ म आए, यै प्रहरको पर्खाइमा हिमाल पँग्ले कति, पाखुरी हो ! जोशहरु नसिध्याउ म आए, कालो छाँया मुर्मुरिन्...
Comments
Post a Comment