नेपाली गजल भाग 6
पलाएका आँकुरा ति छाँस्न पनि मानेन मन फक्रिएका फुल देख्दा हाँस्न पनि मानेन मन ||
छोडि गयौ एक्लो पारी बिर्सी देउ मलाई भन्दै मुटु मिची अन्तै माया गाँस्न पनि मानेन मन ||
डोली चड्यौ खुशी हुँदै पराइ भयो आँगन मेरो पराइको खुशी सँगै नाँच्न पनि मानेन मन ||
कसरी पो बाच्नु मैले आफ्नै मुटु दिएर अब मर्न पनि सकिन म बाँच्न पनि मानेन मन ||
हिजो सम्म आफ्नै थियौ तिमी आज पराइ भयौ मुटु माझ तिम्रो तस्बिर टाँस्न पनि मानेन मन ||
सम्झेर रातमा लेखिएको त्यहि गजल अन्तिम थियो डुवेर यादमा लेखिएको त्यहि गजल अन्तिम थियो नलेखौं भन्थें मिठो मिठो वचन सम्झिएर तिम्रै दवावमा लेखिएको त्यहि गजल अन्तिम थियो तिमि र म कुनै पल रुझिरहने ठाँऊमा एक्लै वर्षादमा लेखिएको त्यहि गजल अन्तिम थियो रातभरी सपनिमा तिम्लाई देखेपछि शुभप्रभातमा लेखिएको त्यहि गजल अन्तिम थियो
खडेरी छ ए बस्ती डर राख्नुपर्छ ।
यो आगो हो पागल खबर राख्नुपर्छ ।
अझै गर ए गाउँ सकुन्जेल उब्जा ,
बचाएर तैले शहर राख्नुपर्छ ।
यहाँ गिट्टी कुट्ने त अवसर मिलोस् क्यै,
नदी तैले ढुङ्गे बगर राख्नुपर्छ ।
तिमीलाई देख्ने सबै यस्तो भन्छन् ,
सुराको सूचीमा नजर राख्नुपर्छ ।
फलाम तेरो आउँछ ज्यावल हुने दिन,
यो आरन यो घन माथि भर राख्नुपर्छ ।
by -टीका खड्का `राष्ट्रप्रेमी´
केही नाता यो संसारमा खास हुन्छ,
हावाको सासमा पनि अनुभव हुन्छ,
यो मुटुको इच्छा अरु के हुन्छ र,
टाढा रहेर पनि तिम्रै पास हुन्छ ।
केही गुनासो छ मेरो जिन्दगीसंग म नभएको फोटो लिएछ तिमीसंग बिस्तारै बगाउँछ आँसु एउटा दुखी बेस्सरी पर्छन् छिटा अर्को दुखीसंग लेखेर यति ॠणी हुन्छु थाहा थेन तिर्न नमिल्ने ॠण लिएछु मसीसंग मेरै दिल बगर जस्तो भइसक्यो मेरै आँखा टक्कर गर्छन् नदीसंग @दिल दिल प्रकाश मगर
फालिएको खानामा स्वाद भेटाउने भोको पेटलाइ सम्झिए ।
फेरि झ्वाटै धनिहरुको विशाल तर बाझो खेतलाइ सम्झिए ।
बालकहरु स्कुलमा होइन, फोहोरमा आफ्नो भविष्य खोजेको भेट्दा,
दैव छ भन्छन सबैले, त्यसैले त दैवले गरेको बिभेद्लाइ सम्झिए ।
झुत्रो कपडाले लाज छोपी सडक पेटिमा सुतेको देख्दा,
गरिबको सपना कुल्चने ती धनिको लाखौंको बेड्लाइ सम्झिए ।
दुखिहरु दुखिनै छन, सुख शान्ति हराएको पाउदा,
बुद्ध बसि ध्यान गर्ने त्यो पिपलको सितल फेदलाइ सम्झिए ।
सुमन लिम्बू
भूलु भन्छ बैगुनीलाई भूल्नै सकिएन !
सायद सम्बन्ध मिलेन होला फूल्नै सकिएन !
किन आउछन् यादहरु अतित बिर्सन गाह्राे भो,
घात गरेर गई उसको जीवन असूल्नै सकिएन !!
न तस्वीर साथमा राख्नु, न मलाइ यादमा राख्नु, म फाेका त हु समयकाे, न सपनाकाे फाँटमा राख्नु, कति घाइते भेट्याै हाेला, मलाइ हताहतमा राख्नु, म सायद अब भेटिदैन, मलाइ मनको घाटमा राख्नु,
डुब्न मनछ तिम्रो प्रेमको नशामा जे मगाउॅछौ मगाऊ
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
बिछोडका ती आँसु बगाएर के पायौ दियो भै आफैलाई जलाएर के पायौ । आफ्नै दुखको केहि उपचार पाईनौ दुनियाँको पीडालाई उठाएर के पायौ । जस्कोलागी लेखेउ तिमी उसैले सुनेन त्यो गितलाई मंचमा सुनाएर के पायौ । अधेरीको जुनलाई साथी तारा नै हुन्छ दिनको घामलाई मन पराएर के पायौ । पन्थी बजेरी अर्जुन
मनैडुल्छ सारै सँभालौँ कसोरी ? छ भोको सँधैको म पालौँ कसोरी ? पलैमा धरामा पलैमा गगनमा सबैमार्ग यस्को म टालौँ कसोरी ? न कानून लाग्ने न बाँधेर बस्ने नयाँ मार्ग अर्को म चालौँ कसोरी ? गरीज्यान कब्जा मजाले बसेछ निकालेर टाढा म फालौँ कसोरी ? पवनझैँ मलाई उडाई रहन्छ दियोजिन्दगीको म बालौँ कसोरी ?? युसुफदिन मियाँ ‘पाल्पाली’
अनायास दिएँ तिमीलाई , पहिलो चोखो प्रीति , एकतर्फी गरियो निर्णय , भुलेछु लिन सम्मति । तस्बिर मात्र देखेको हो , भेट हाम्रो छैन , भेटेर फूल दिने मन छ , दिन्छौ कि अनुमति ? मेरो रोजाइ सिर्फ तिमी , अरू कोही छैन , दिल माग्न धेरै अाए , दिइन कसैलाई स्वीकृति । सुख दु:ख सँगै काटौँला, ठूलो चाह छैन , सूर्य भइ म उदाउँला , तिमी बन धर्ती । राजकुमार राई
सल्बलाउछन् छातीभित्र सपनाका रासहरु, उदाउछन् बिहानीमा उज्यालाका आशहरु, फाटेको यै मनले के बित्ला र सिंगो जिवन, मुटु काँप्छ जसै साँझ रित्ता हुन्छन् गाँसहरु, हसियाँको कोलाहलमा रगत छट्पटाउछ सधै, चिथोरिन्छन् जब आशु राता हुन्छन् घाँसहरु, बिछ्यौनामै जून पनि रोइरहे जस्तै लाग्छ, किन देख्छु सधै राती ताराका यी लाशहरु ?, आशु पुछि अब कोर्छु मेरै हसियाको कथा, अनि लेख्छु किन बन्छन् मालिक अनि दासहरु,
Ananta Ghimire
कहा लुकिगयाे खै चङ्गा सपनाकाे, लत्पतिएकाे देख्छु रङ्ग सपनाकाे, के यहि नै थियाे त हिड्न चाहेकाे बाटाे, कि लड्बडाएकाे हाे ढङ्ग सपनाकाे, बन्नुथ्याे जाे उडान, याे युगकाे याे जुगकाे, अाफै पाे काटेछु पंख सपनाकाे, अब चिच्याएर के जाग्थ्याे र अात्मा, जब शुन्य शुन्य भाे अङ्क सपनाकाे,