नेपाली गजल भाग 5


















धरतीको एउटा कण म कहाँ जून झार्ने कुरा !
गर्दिन म झुटो वाचा प्रिय जालमा पार्ने कुरा !
ओइली जाने फूलहरु तिम्रा केशमा सिउरेर,
जान्दिन म मेरो माया त्यो मनमा सार्ने कुरा ।।
ठूला कुरा के नै गर्नु अजम्बरी होइन म नि,
साथ तिम्रो पाए जीवन बिर्सिदिउँला हार्ने कुरा ।।
अलिकति जूनको चमक,थोरै-थोरै फूलको रंग,
जिन्दगीको चाह मेरो होइन त्यसै टार्ने कुरा ।।
सुन्दरताका मूलहरु मनको कुना-कन्दरामा,
गरी भूल मान्दिन म चेतनालाई मार्ने कुरा ।।





   























आफन्तको प्रगतिमा भुतुक्क भै मर्छन मान्छे,
दु:ख पर्दा बिर्सी दिन्छन हदै तल झर्छन मान्छे,
सोचेका छन् ठूलो ठालु जान्ने बुझ्ने आफू मात्रै,
फाइदा हुने कुरा आए आफैँ अघि सर्छन मान्छे,
मुखले राम राम भने पनि छुरा हुन्छ बगलीमा,
मौका पाए निमुखाको बास गाँसै हर्छन मान्छे,
रुने जति रोएकै छन् भोका मर्छन भुतुभुतु,
शोक सुर्ता छैन केही आफ्नै भुँडी भर्छन मान्छे,
तेरो मेरोभन्दा भन्दै छोड्नु पर्छ जिन्दगानी,
यस्तो लाग्छ नबुझेरै यो नादानी गर्छन मान्छे,





   





















साईत सारेर अन्त कतै जान पनि दिंदैनन्
झिटी,झाम्टा बोकेर पर लान पनि दिंदैनन्
मन,मुटु ,कलजो सबै झिकेर दिन्छु भन्नेहरूले !
एक कप फिक्का चिया खान पनि दिंदैनन्।
Shankar Gyawali





   





















तिम्ले चाेट दियाै र त अाज अघि बढ्न सकेँ ,
उतार चढाउ जिन्दगीका सबै मैले पढ्न सकेँ,
धन्यवाद छ ! ह्रदयदेखि यस्तै घात गर्नु अझै ,
भाग्य रेखा काेर्न अाज लाक्षागृहमा डढ्न सकेँ ।
बसन्ता गौतम कोइराला





   





















रोएको देख्छु भोकले बालुवा चाल्नेहरु
बिहान बेलुका भारी बोकेर परिवार पाल्नेहरु ।
लकडाउनमा खान नपाएर कति रोइरहेका छ्न
यहीँ छ्न कति मीठो भएन भन्दै भात फाल्नेहरु ।।
बृन्दा बगाले





   





















जल्दाबल्दा जो जे छ कामनाको बढोबढ त्यहाँ,
नौनाडी गल्दा जो छ सामनाको चक्कर छ जहाँ,
मानवीय समवेदनाको पनि पक्षपाती रीत बेग्लै,
टन्नै फल फल्दा रुखमा प्रार्थनाको तरखर वहाँ ।
Bal Krishna Shrestha





   





















सुख आउँछ आक्कल झुक्कल दुःख आउँछ जिन्दगी भर।
अवसर छोपी पछ्याउँदै दुर्दिन धाउँछ जिन्दगी भर।
न घनकाउँछ बाजा गाजा न त दिन्छ सूचना नैं उस्ले,
भाग्य सहित भविष्यमा बादल छाउँछ जिन्दगी भर।
लक्ष्मी निरौला





   





















एक नजरमै कसैलाई मन पराउनु हुदैँन्
दिन रात उसकै यादमा हराउनु हुदैँन्
माया गर्ने मान्छेले तिमी जस्तो छैँ त्यस्तै स्वीकारने छ
कसैको निम्ति आफैँलाई परिवर्तन गराउनु हुदैँन्
पुजा बि.क





   





















ढलपल छ जिन्दगी, कर्कलाकाे त्याे पानी जस्तै।
तेहि पानीमा अल्झिएकाे माछाकाे कहानी जस्तै।
बुझ,,कर्कलाकाे पातसंग जाेडीएकाे छ अस्तित्व।
तप्प भुइमा खसाल्नेछ दैवले, छानीछानी जस्तै।
भावना





   





















तिम्रो मनमा एउटा तस्वीर टाँस गरेर दिएँ
मभित्रको मायालु मन खास गरेर दिएँ
राख अब आफ्नै ठानी मुटुभित्र संगालेर,
लिन्नँ फिर्ता राजिनामा पास गरेर दिएँ!
Mina Chaulagain





   





















घुम्दै फिर्दै आउनु तिमी बाटो फरक भएपनि
दुःख सुखमा साथ दिनु पाटो फरक भएपनि
दुःख सुखमा साथ दिने संगी नै आफ्नो हुन्छ
उसको मेरो घरमा खाने आटो फरक भएपनि।।
बिष्णु प्रसाद पौडेल





   





















अाफैलाइ अाफैदेखि याे कस्ताे रिहाइ दिएकाे छु,
यी अाँखाबाट तिमीलाइ अन्तिम बिदाइ दिएकाे छु,
तिमी फूल थियाै कि मधुशाला, मताउन मात्र अाउथ्याै अाइन्दा नअाउनु फर्केर,
झर्केर बताइदिएकाे छु सब गुमाए, टुक्रा जमिन बचाए,
अाफ्नाे मसान बनाउन त्यहि तिम्राे सुन्दर मूर्ती बनाइदिएकाे छु गुनासाे केही छैन,
मात्र झस्कन्छु कहिलेकाही नपिउने वाचामा अर्काे पेग उठाइदिएकाे छु मेरै चाेटकाे भर्याङ चढी पुग्याै तिमी त्यति माथी तिमीलाइ अनि अाफ्नै चाेटलाइ बधाई दिएकाे छु





   





















मेरो लेख्ने कलमलाई धारिलो धार बनाउँछु,
गजललाई मुटु छेड्ने हतियार बनाउँछु,
म बाट निष्ठूरी बनी टाढा तर्केर नजाऊ,
मायालाई थुन्ने मुटुभित्र कारागार बनाउँछु,
बैगुनी र स्वार्थी सारा यो दुनिया समाजमा,
सुनले सजाएको बस्तिमा घरबार बनाउँछु,
पूर्ण नहुने यो सँसारमा प्रेमको भोकमारी छ,
सबैलाई तृप्तहुने मायाको भण्डार बनाउँछु,
रिक्तो भएको शून्य हाम्रो मन मनिदरमा,
अव पारदर्शी सुन्दर नौलो संसार बनाउँछु,





   





















तिमिसँग याे अाँखा अनी याे मन बाेलिदिन्छ, लाटाे छ सायद अाेठ, अर्कै कुरा गरिदिन्छ, कुरिदिन्छु निरन्तर याे साँझलाइ तिमिसम्म, डाहा गर्छ माैसम र त झरि परिदिन्छ, फूलकाे छ दुनिया, हाे रङ्गीन छ दुनिया, हर रङले तिमिमा नयाँ रङ भरिदिन्छ, एक पलमै कसरी पिउन सक्थे र याे सागर, याद बनी हरदिन अाँखाबाट झरिदिन्छ,