नेपाली गजल भाग 1


















एक्लै युद्द थाल्यौ अब नहार्नु है सानु


भाबुक बन्दै तड्पी आँसु नझार्नु है सानु



दिन्न भन्थें एक्लै लड्न झुक्याएर गयौ


यात्रा बिचमै अलपत्र नपार्नु है सानु



विस्वासको दियो बाली बस्छु तिम्रै नाउँमा


मलाई भेट्न आउने भाका नसार्नु है सानु ।



तिम्रै हुँ म तिमी मेरो मानेकी छु मैले


यो मन छोडि अर्कै बाग नचार्नु है सानु






   























पछाडी पनि आँखा भै दिए पो मान्छे सधैं नै बच्चा भै दिए पो ..

खबर पाइँन तिमी त गैसकेछौ मेरै सामुन्ने सदा भै दिए पो ...

आकास खसेनन् तारा झरेनन् केही सपना त पूरा भै दिए पो ...

यो जीन्दगी कसरी जीन्दगी भनुँ तिमी आधा म आधा भै दिए पो ..

छातिमा टेकेरपो हिँड्नु भएछ सधै बाटा सजिला भए दिए पो ...

ज्यूदो छु या मरे बुझ्नै सकिन देखिने बरु आत्मा भै दिए पो ..

हजारौ भेटिन्छन् यि भिडहरुमा तर कोहि त आफ्ना भै दिए पो

राम शरण श्रेष्ठ चिसापानी, रामेछाप ।





   






















आजबाट आफ्नै प्रशँसा सुन चाँदी सँग जोख, तराजुमा कपास हुँ म, सबै ठाउँ पुग्न सक्ने, निराकार बतास हुँ म ।

छाम्दा फास्स फुस्स होला, देख्दा खल्लो लाग्न सक्छ, नजरअन्दाज हुँला तर, अन्तर्मन को आभास हुँ म ।

अतिरञ्जित आश्वासन र पुकारले छुन्न जब, फर्किएर हेर्छौ जता, हो त्यही हुँ आकाश हुँ म ।

छुन मिल्ने टाल्न हुने, अङ्ग सबै टालि सक्यौ, सबै सद्दे हुँदा हुँदै , उडि जाने सास हुँ म।

कत्रो रहर अहो सबलाई, देउता बन्ने - एउटा बन्ने, भन्छ तिम्रो विज्ञान अझै, साँच्चै बकवास हुँ म।

By:- Ganesh Rajali Magar





   





















अनलाइनमा देखिरहन्छु बोल्न सक्दिन,


गुम्सिएका मनका कुरा खोल्न सक्दिन ।


मैले म्यासेज गर्दाखेरी अफ्ठेरोमा पर्छ्यौ भनी,


तड्पिएर बस्छु तर खतरा म मोल्न सक्दिन ।।

#लुकीलुकी_पोस्ट_लाईक_गरेर_हिँड्नेलाई_समर्पित 😜😜😜
By:- Ganesh Rajali Magar





   





















खाएपछि ठक्कर सोच गजब निस्कियो


पहिल्यै नगर्नु रहेछ अनुभव निस्कियो


मनमा बस्ने मान्छेले शिरमा पाउ राख्यो


मानव भनेर सजाए तर दानव निस्कियो


By:- Ganesh Rajali Magar






   





















धन्य हुन्थ्यो आँशुलाई सधैंभरी ढाँट्न पाए,


अझै धन्य हुनेथियो जिन्दगी नै साट्न पाए !!


साउनको भेलसरी पिडा बल्झी-बल्झी आउछन,


धन्य हुन्थ्यो खुशी राखी दु:ख चाहिँ छाँट्न पाए !!


हाँसो के हो खुशी के हो बिर्सिगएँ आज सारा,


धन्य हुन्थ्यो बरु चाँडै यो जिन्दगी काट्न पाए !!


कत्ती जाती हुँदो होला, गर्न मिल्ने आँफैँ भए,


छोट्याऊँथेँ जीवन्-डोरी आफूले नै बाट्न पाए !!







   





















नचम्क ए जूनकिरी हो उज्यालो त देखाउछु म जती छेक हत्केलाले रात ढल्दै उदाउछु म /


पहाराको शाहारामा उभ्भीएर घोच्न थाले ए बिरुवा माली पो हुँ उखालेर मिल्काउछु म /


सत्रु बनी आयौ भने घाँटी रेटी मारी दिन्छु मित्र बनी आयौ भने दु:ख पर्दा सघाउछु म /

बार्हखरी कन्ठ गर्दै उपन्यास रचे नभन्दा भो साहित्य के हो परीभाषा घोटीघोटी पिलाउछु म /


पिठ पछी भाला रोप्छौ दम भए संगै लडौ शीतयुध्द गर्ने भए शंखध्वनी बजाउछु म /





   





















पत्थरको मुर्ति माथी सधैं आस कति गर्नु हाम्रा देउताछन् भनि विश्वास कति गर्नु,

कसैले आत्माहरुमा बुद्धको खोजी गरोस् बिनाशक बमहरु मात्र बिकास कति गर्नु,

ए नेताहरु हो अलिकती त लाज लाग्नुपर्ने देशको सम्पत्ति सधैं सत्यानाश कती गर्नु,




   





















पाउनेहरु लाई सधैं गुमाउने डर हुन्छ यो मुटु भित्र सायद शंकाको सहर हुन्छ,

किन होला पल्लो घरकी एउटी केटीको सधैं सधैं मेरै तर्फ छड्के नजर हुन्छ, ..

मेरो चासो लिई हिड्ने मेरो प्यारो सत्रु तिमी लाई पक्कै मेरो जितको खबर हुन्छ, ..

छोडी जानेले बर्सौ अघि छोडेर गएपनी कहिँ न कहिँ मुटुमा चोटको असर हुन्छ, ..

मैले लाख कोशिस गरेँ आफ्नो बनाउन हुँदैन हुँदैन उस्को सधैं यहि उत्तर हुन्छ


राम शरण श्रेष्ठ





   





















जिन्दगी दिक्क लाग्छ मनमा उल्झन भएपछि।

कस्को के लाग्यो र जिन्दगी नै दुस्मन भएपछि।

विश्वासको कडीले हो सम्बन्ध कसिलो बनाउने, सम्बन्ध नि वाक्क लाग्छ सधैं गनगन भएपछि।

निभाउनु नै उपयुक्त हुन्छ झोस्नु भन्दा सम्झिनु, हेर्नुस खेल्नु हुँदैन बलेर आगो दनदन भएपछि।

दृष्टिकोण फरक भएर होइन परिस्थितिले हुन्छ, भीडमा पनि डराउछ मान्छे एक्लोपन भएपछि।

आदर्शले कोहि चिन्दैन रहेछ स्वार्थी यो दुनियाँ, बिचारले शत्रुसंग नि मित्रता हुन्छ धन भएपछि।

धर्मानन्द भट्ट





   





















शान्तिकाे श्वास पखेरामा फेर्न मन लाग्याे!


रारातालमा अाफ्नै छायाँ हेर्न मन लाग्याे!


चाैरी खर्क जाऊँ कि म? बेसीतिर धाऊँ?


तामाङ्सेलाे साेरठीका भाकाहरु गाऊँ!


तिम्रै हातकाे गुन्द्रुक ढिँडो खान मन लाग्यो!


यही धरामा आफ्नै छायाँ हेर्न मन लाग्यो!


अाँत सुक्दा तराईकाे प्यास मेटाउ हिमाल!


पहाडलाई भाेक लाग्दा मधेसको चामल!


स्वर्णिम अक्षर शिलामाथी कोर्न मन लाग्याे!


सुनकोशिमा अाफ्नै छायाँ हेर्न मन लाग्याे!


मेची रुदा माहाकालीले अाँशु पुछ्नुपर्छ!


सबै मिली स्वाभिमानकाे गीत गाउनुपर्छ!


अंगालाेमा अामा तिम्लाई बेर्न मन लाग्याे!


सगरमा अाफ्नै छायाँ हेर्न मन लाग्याे ।।


बसन्ता गौतम कोइराला





   





















ननिभ आगो ताप्ने भुरा अझै छन् । मेरो साथमा दाउरा अझै छन् ।


यसोभन्छ एक् युग बुढो कोदालो, जमिनसंग गर्ने कुरा अझै छन् ।


जीवन तेरो एक्लो हुँदैन ए दिल, तेरो साथ खेल्ने छुरा अझै छन् ।


ढल्यो रुख भनी पिर नगर फलैँचा, बचेका केही आँकुरा अझै छन् ।


जगत तैले पर्दैन बाँच्न भोकै,। कृषकका दह्रा पाखुरा अझै छन् ।


by - टीका खड्का `राष्ट्रप्रेमी´