नेपाली गजल भाग 7
बुझिन तिमी आज आएर बदलियौ किन! पबित्र बाचा कसम खाएर बदलियौ किन! गंगाजल जस्तै थियो पबित्र हृदय निश्चल; चोखो मनको माया पाएर बदलियौ किन! चाहात मेरो मात्र होइन तिम्रो पनि थियो; प्रेमको मधुर धुन बजाएर बदलियौ किन!
सम्झेर रातमा लेखिएको त्यहि गजल अन्तिम थियो डुवेर यादमा लेखिएको त्यहि गजल अन्तिम थियो नलेखौं भन्थें मिठो मिठो वचन सम्झिएर तिम्रै दवावमा लेखिएको त्यहि गजल अन्तिम थियो तिमि र म कुनै पल रुझिरहने ठाँऊमा एक्लै वर्षादमा लेखिएको त्यहि गजल अन्तिम थियो रातभरी सपनिमा तिम्लाई देखेपछि शुभप्रभातमा लेखिएको त्यहि गजल अन्तिम थियो
कहिले बाडुल्की बनी किक्क गरिदिन्छाै!!
कहिले अाँखाबाटअाँसु बनी झरीदिन्छाै!!
नसम्झेको कुनै क्षण छैन तिमिलाई मैले
जति नजिकिन्छु म तेति पर सरिदिन्छाै!!
जीवनमा पिडा परे पनि तिमीलाई मैले नराम्रो सोचिन
यति ठुलो संसारमा तिमीलाई छोडेर मैले अर्को रोजिन।
माया, प्रेम भन्ने कुरा एउटा सित पो साटिन्छ त सानु!
भुल तिम्रै थियो हो तर कहिले मैले तिमीलाई दोष्याइन।।
सचिन खवास "प्रयास"
बाचा किन गर्यौ भन्थेँ,तोड्न रैछ प्यारी!
अलपत्र पारी यात्रा ,छोड्न रैछ प्यारी!
सिकाएर गयौ पाठ कथा जिन्दगीको।
साह्रो गाह्रो पर्दा बाटो मोड्न रैछ प्यारी!
तिमीलाई अाफ्नाे बनाउन मैले नखाेजेकाे हाेईन
तिम्राे काेमल हात समाउन मैले नखाेजेकाे हाेईन
तिमीले नै धाेका दिएपछि कसकाे पाे के लाग्छ र
तिमीसँगै प्रेमदिवस मनाउन मैले नखाेजेकाे हाेईन!!!
सत्तरी पार गरेकालाई पनि युवा नेता भन्नुपर्ने
हुलमा परी मरेकालाई पनि सहिद् मानी गन्नुपर्ने
सायद हाम्रै देशमा मात्र यस्तो नाटक चल्छ होला
नेताले सधैं कुस्ती खेल्दा जन्ता मुकदर्शक बन्नुपर्ने!!
चेतनाथ दाहाल
सम्झनाका छालहरु उर्लिएर थेग्न सकिन
परेलीको बारले अश्रु बर्षात छेक्न सकिन
बोलचाल बन्दपछि पत्रहरु पठाउन खोजे
थरथरी हात काँपे दुइ शब्द लेख्न सकिन
✍️
अमृत कार्की
डुब्न मनछ तिम्रो प्रेमको नशामा जे मगाउॅछौ मगाऊ
मेरो प्रबेश पछि मात्र दिलमा डरको चुकुल लगाऊ
हरेक चाॅदनी रातमा आउॅने गर्नु गजलका सेर बनेर
म अक्षरहरुको खेती गर्छु तिमी भावको भोक जगाऊ
Prabha Devi Paudel
बनाएर आफ्नो यहाँ रुलाउछ्न मान्छे
मीठो मुखले जहर पनि खुवाउछ्न मान्छे
मौसम भन्दा चाडै बद्लिने पनि मान्छे नै हुन
मारेर खान्छ्न अनि मुर्दा छुँदा नुहाउछ्न माम्छे
कविता शर्मा
आशा जगाई राख्नु एक दिन अवश्य आउँछ
भरोसा दिलाई राख्नु एक दिन अवश्य आउँछ
जिउँने आधार जीवनको आफ्नै सोच हो त्यसैले
निराशा दवाई राख्नु एक दिन अवश्य आउँछ।
बृन्दा ढुंगाना
धागो अल्झिन्छ- गाँठो पर्छ, टुटाउन पनि सकिन्छ
चिसो दाउरा- बल्दैन, झिँजा जुटाउन पनि सकिन्छ
मान्छेको मन भनेको'नि, माटो जस्तै त होनि हजुर
मुछेर डल्लो पार्यो- सुकायो, फुटाउन पनि सकिन्छ!
✍️प्रमोद भट्टराई 'प्रतीक'
कसैको माया वरिपरि घुम्छ किन होला
उसैको छायाँ मलाई नै चुम्छ किन होला
सुगन्धित बासनामा भमरा झैँ लोभिएर
कहिले दायाँअनि बायाँ झुम्छ किन होला
Ananta Ghimire
जीवन भित्र अनौठो कहानी रहेछ
कहानी भित्र भित्रै जवानी रहेछ
बल्ल – बल्ल फूलेर झुल्न नपाउँदै
काँडा बीचको फूल त्यो नादानी रहेछ
छाती भरि भरि फूल्न त फूल्यो तर
पहाड किन रोज्यो विरानी रहेछ
विहानीपख सूर्यको किरण सँगसँगै
फूल्नै नपाइ झर्ने जिन्दगानी रहेछ
जिन्दगी यस्तै हो भँवराले छोडेपछि
जहाँ फूल्यो त्यहीँ माटो सिरानी रहेछ ।