प्रेरणादायी विचारहरु
हजारौ पिडा भुलेर पनि ,म खुशिले फेरि फुल्ने गर्छु जब हास्छिन मेरि उनि , म फेरि हरेक पिडा भुल्ने गर्छु ।
भिड जहिले पनि त्यही बाटोमा हिँड्छ, जुन बाटो सजिलो छ । तर, यसको मतलब यो होइन कि भिड सधैँ सही बाटोमा हिँड्छ । - अज्ञात
जो व्यक्ति परिवर्तनसँग डराउँछ, मेहनत गर्न जाँगर चलाउँदैन, ऊ कहिले पनि आफ्नो जीवनमा सफल हुँदैन । यो मानिसको सबैभन्दा ठूलो कायरता हो । - अज्ञात
सवैभन्दा पहिले तिमी इमान्दार बन । किन कि तिमी जबसम्म आफू इमान्दार बन्दैनौँ तबसम्म तिमीले समाज परिवर्तन गर्न सक्दैनौँ ।
स्वस्थ टाउको र मुटुको संयोजन आफैमा भयानक हुन्छ । जब तिमी त्यसमा अलिकति ज्ञान या कलमको स्वाद मिसाउँछौँ त्यसपछि तिमीसँग केही विशेष हुनेछ ।
कुनै पनि मान्छे असाधारण हुँदैन, सबै मान्छे हामीजस्तै हो सामान्य, ....तर सहि समयमा सहि निर्णय लिँदा उनिहरु असाधारण बन्छन!
मानिस भएर कहिल्यै हिम्मत हार्नू हुँदैन किनकी पहाडबाट निस्केको नदिले कहिल्यै कसैसंग सोधेको छैनकि समून्द्र कहाँ पर्छ?
नदीमा हामफाल्दैमा कसैको मृत्यु हुदैन। मृत्यु त तब हुन्छ जब पौडिन आउदैन ! परिस्थिति कहिल्यै समस्या बन्दैन,समस्या त तब बन्छ जब हामीलाई परिस्थितिसँग जुध्न आउदैन !
परिस्थिती आफ्नो अनुकुल भएन भनेर गुनासो गर्नुको सट्टा आफूलाई मजबूत बनाउन तिर लाग्नु सबैभन्दा राम्रो हुन्छ, किनकी संसारको नियम नै यस्तो छ कि- जब हावा चल्छ त्यस्ले बल्ल तल्ल बल्दै गरेको झुपडिको दियोलाई निभाइदिन्छ भने पहिल्यै सल्किसकेको जङ्गलको आगोलाई झनै दन्काइदिन्छ ।